१८ पुस, काठमाडौं । इलाका प्रशासन कार्यालय, सिमरा, बारामा कार्यरत एकजना सहायक कम्प्युटर अपरेटर (खरिदार) घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले खरिदार राज्यनारायण साहलाई एक हजार ५०० रूपैयाँसहित पक्राउ गरेको हो ।
खरिदार साहले नागरिकता प्रमाणपत्र बनाइ दिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहाना बनाएर घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ ।