Comments Add Comment

मितव्ययिता उल्लंघन गर्ने करिब १ लाख चिनियाँ कारबाहीमा

४ माघ, काठमाडौं । चीनमा मितव्ययितासम्बन्धी नियमलाई उल्लंघन गरेकोमा सन् २०१८ मा करिब एक लाख व्यक्तिलाई कारबाही गरिएको छ ।

दल र सरकारको आचरणमा सुधार गर्ने अभियानस्वरूप आठ बुँदे मितव्ययिता संहिताअन्तर्गत वर्षभरमा ९२ हजार २१५ व्यक्तिलाई कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीका भ्रष्टचार विरोधी उच्च निकायले जनाएको छ ।

उनीहरूलाई विभिन्न ६५ हजार ५५ मुद्दामा मितव्ययी नबनेको ठहर गरी कारबाही प्रक्रिया अधि बढाइएको चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन अनुगमन तथा राष्ट्रिय पर्यवेक्षण केन्द्रीय आयोगद्वारा बिहीबार वेबसाइटमा प्रकाशित सूचनामा उल्लेख छ ।

दण्डित हुनेमा छ जना प्रान्तीय तथा मन्त्री स्तरीय अधिकारी रहेका बताइएको छ । उनीहरूमाथि अनाधिकृत व्यक्तिलाई कल्याणकारी तथा अन्य विभिन्न सहायता दिएको वा उपहार तथा नगद घुस लिएको आरोपमा कारबाही गरिएको हो ।

उनीहरूले गैरकानूनी रूपमा सामानहरू खरिद गरेको तथा सरकारी गाडीको दुरूपयोग गरेको तथा सार्वजनिक रकम भोज तथा पाटीमा प्रयोग गरेको ठहर गरी कारबाही अघि बढाइएको हो ।

गत डिसेम्बरमा मात्र विभिन्न नौ हजार ३५० मुद्दामा १३ हजार ४११ जनालाई सन् २०१२ देखि कार्यान्वयनमा ल्याइएको मितव्ययिता कानून उल्लङ्घनको अभियोगमा कारबाही गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment