+
+

नेपालको खराब ब्याटिङ

अनलाइनखबर अनलाइनखबर
२०७५ माघ ११ गते १२:५६

११, माघ, काठमाडौं । युएईविरुद्ध पहिलो एक दिवसीय खेलमा नेपालले खराब ब्याटिङ गरेको छ ।

महत्वपूर्ण चार विकेट गुमाउँदा मात्र ४८ रन बनाउनुले पनि नेपालको ब्याटिङ धरासायी भएको स्पष्ट हुन्छ । पहिलो ओभरको चौथो बलमा नै ओपनर ज्ञानेन्द्र मल्ल आउट हुनुले नेपाल सुरुवाती समयमा नै दबाबमा आएको थियो ।

ओपनिङ समस्या पहिले कै जस्तो दोहोरियो । पहिलो विकेट शुन्य रनमै गुमाएको नेपालले दोस्रो विकेट १६ रन हुदा गुमाएको थियो । यो पटक भने अर्का ओपनर विनोद भण्डारी पाँच रन बनाएर आउट भए । ६.१ ओभरमा विकेट गुमाएको नेपालले एकपछि अर्को विकेट गुमाएको हो ।

१२ ओभरको खेल चलिरंहदा नेपालले अर्को विकेट गुमायो । यो पटक भने कप्तान पारस खड्का नै आउट भए । व्यक्तिगत २० रनमा पारस आउट भएपछि नेपाल झनै दबाबमा आएको थियो । त्यसपछि ब्याटिङ गर्न आएका दीपेन्द्र सिंह ऐरी शुन्य रनमै आउट हुदा नेपालको स्कोर ४८ रहेको थियो ।

नेपालका लागि सोमपाल कामीले केही हदसम्म राहत थिए । अहिले सोमपाल र आरिफ शेख क्रिजमा छन् । नेपालको १८ ओभरको समाप्तिमा चार विकेटको क्षतिमा नेपालले ६६ रन बनाएको छ । युएईका लागि मोहम्मद नाभिदले २ र क्वाडिर अहमदले एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?