Comments Add Comment

डीपीएल क्रिकेट : रुपन्देहीको विजयी सुरुवात

२८ माघ, काठमाडौं । रुपन्देही च्यालेन्जर्सले तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

मंगलबार भएको खेलमा रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई दुई रनले पराजित गर्दै शुखद सुरुवात गरेको हो ।

११२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो । महेन्द्रनगरका कुनै पनि खेलाडीले उच्च स्कोर बनाएनन् ।

सुब्रमन्यम आनन्दले २५ र रोहितकुमार पौडेलले २४ रन बनाए । त्यस्तै, मोहम्मद नाभिद १२ रनमा आउट भए ।

महेन्द्रनगरलाई सस्तैमा समेट्ने क्रममा रुपन्देहीका बिक्रम सोबले तीन र पुनित मेहराले दुई विकेट लिए ।

यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १११ रन मात्रै बनाउन सक्यो । रुपन्देहीका कुनै पनि ब्याट्सम्यानले उच्च रन बनाउन सकेनन् ।

सुमित महर्जनले २७, विनोद भण्डारीले १९, बिक्रम सोबले १६ र सन्दीप सुनारले १५ रन बनाएका थिए । बलिङतर्फ महेन्द्रनगर युनाइटेडका सिद्धान्त लोहनीले तीन विकेट लिए । त्यस्तै, अविनाश बोहरा र सागर ढकालले समान २–२ विकेट लिए ।

सर्वाधिक पुरस्कार राशीको डीपपीएल विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउने छन् । यस्तै मोष्ट भेलुएबल प्लेयरलाई गोल्डस्टार ‘सुनको जुत्ता’ प्राप्त गर्नेछ ।

डीपीएलमा सोमबार नै भएको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले धनगढी स्टार्सलाई चार विकेटले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment