Comments Add Comment

‘गीत प्रसारण गर्न नपाउनु मौलिक हकको हनन्’

५ फागुन, काठमाडौं । लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा…’ गीत यु्ुट्युबबाट हटाउन बाध्य पारिएको भन्दै सर्बत्र बिरोध भएको छ ।

सामाजिक सञ्जालदेखि प्रतिपक्षमा रहको राजनीतिक दलहरुले समेत विचार तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरिएको भन्दै सरकारको बिरोध गरेका छन् ।

नेपाली कांग्रेस निकट नेपाल सांस्कृतिक संघ र विवेकशील साझा पार्टीको युवा संगठनले विज्ञप्ति प्रकाशित गरी गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

नेपाल सांस्कृतिक संघले सरकारले गीत, संगीतप्रति प्रहार गरेको भन्दै मौलिक हक र लोकतान्त्रिमाथि नै हस्तक्षेप गरेको आरोप लगाएको छ ।

यस्तै विवेकशील साझाको युवा संगठनल गीत प्रसारणबाटै हटाउन बाध्य पारिनु मौलिक हक प्रतिकुल भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

संगठनले पूर्वएमाले निकट युवा संघ नेपाले गीतको विषयमा फेसबुक पेजमा गायक शर्मालाई बहिस्कार गर्न धम्कीपूर्ण सन्देश सम्प्रेषण गरेको भन्दै निन्दा गरेको छ ।

गायक शर्माले भने सल्लाह सुझावलाई आत्मसाथ गर्दै केही शब्द परिमार्जन गरी पुनः गीत अपलोड गर्ने भन्दै युट्युवबाट हटाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment