२२ फागुन, भोजपुर । जिल्ला अदालत भोजपुरले हात हतियार खरखजनाको मुद्दामा एक युवालाई ६ महिना कैद र जरीवानाको फैसला सुनाएको छ ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका-८ बासिखोराका ३१ वर्षीय प्रविन राईलाई ६ महिना कैद र १५ हजार जरिवानको फैसला गरेको हो ।
प्रहरीले राईलाई गत पौष ९ गते भरुवा बन्दुकसहित पक्राउ गरेको थियो । आफूले बाँदर र्तसाउनका लागि घरमा बन्दुक राखेको उनले बताएका थिए ।
राईलाई जिल्ला न्यायाधीश हरिशचन्द्र इङनामको इजलासले मुलुकी ऐन अपराध संहिता ऐन २०७४ को दफा १ सय ३२ को (२) बमोजिम ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो ।