+
+

२०० नेपाली विद्यार्थीलाई स्वर्ण जयन्ति छात्रबृत्ति

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २९ गते १९:०५

काठमाडौं । भारतीय राजदूतावासले २०० नेपाली विद्यार्थीहरुलाई स्वर्णजयन्ती छात्रबृत्ति प्रदान गर्ने भएको छ ।

विभिन्न विश्वविद्यालय तथा कलेजहरुमा स्नातक तहको अध्ययन गरिरहेका जेहेन्दार विद्यार्थीहरुलाई (सन् ०१८/१९का लागि) छात्रबृत्ति प्रदान गरेको हो ।

यस वर्ष नेपालका ५० जिल्लाका एमबीबी, बीडीएस, बीई, बीएस्सी, बीबीए, बीकम लगायत ३६ वटा स्नातक कोर्षका लागि छात्रबृत्ति पाउने छन् । छात्रबृत्ति पाउनेहरु मध्ये ४५ प्रतिशत छात्रा रहेका छन् भने ८ प्रतिशत अपाङ्गता भएका छात्रछात्रा छन् ।

छनोट भएका विद्यार्थीहरुलाई शिक्षा सचिव खगराज बरालले छात्रबृत्तिका लागि योग्यताको प्रमामणपत्र प्रदान गरेका हुन् ।

सन् २००२ मा भारत सरकारले ‘भारत-नेपाल आर्थिक सहकार्य’ को ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ति छात्रबृत्तिको सुरुआत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?