+
+

नेपाल मगर संघको राष्ट्रिय सम्मेलन गोरखामा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १२ गते १४:२२

१२ वैशाख, गोरखा । नेपाल मगर संघको २८औं राष्ट्रिय सम्मेलन गोरखामा सुरु भएको छ । सम्मेलनको एक समारोहबीच गोरखा संग्रहालय परिसरमा शनिबार उद्घाटन गरिएको हो ।

प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले सम्मेलनको उद्घाटन गरेकी हुन् । दुई दिनसम्म चल्ने सम्मेलनमा सातै प्रदेश, ७७ वटै जिल्ला, ८ वटा भातृ संगठन र १५ भन्दाबढी वैदेशिक शाखाका प्रतिनिधिहरु सहभागी छन् ।

सम्मेलनमा देशको सांस्कृतिक नीति, मगरात क्षेत्र विस्तार, प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणाको मागलगायतका विषयमा छलफल हुनेछ ।

गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा लागू गर्ने विषयलाई पनि छलफल गरिने संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले बताए ।

सम्मेलनको उद्घाटनपूर्व झाकी र्‍याली निकालिएको थियो । हरमटारी खेलमैदानबाट सुरु भएको र्‍याली बिसौनी, बसपार्क, पदेली ठुलोआँगन हुदैं कार्यक्रम स्थल (गोरखा संग्रहालय परिसर) पुगेको हो । साँझ सांस्कृतिक कार्यक्रमहरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?