+
+

डा. भेषबहादुर थापालाई पुत्रीशोक, अमेरिकामा तेजश्रीको निधन

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १३ गते १३:४७

१३ चैत,काठमाडौं । पूर्वपरराष्टमत्री तथा कुटनीतिज्ञ डा.भेषबहादुर थापालाई लगातार दोस्रोपटक सन्तान बियोग खेप्नुपरेको छ । ५ वर्षअघि छोरा भाष्कर गुमाएका डा. थापाले जेठी छोरी गुमाउनुपरेको छ ।

न्युयोर्कमा बस्दै आएकी डा. थापाकी छोरी तेजश्रीको ५२ वर्षको उमेरमा निधन भएको छ । सामाजिक न्याय र वकालत क्षेत्रमा काम गरेकी तेजश्रीले संयुक्त राष्टसंघीय मिसनमा पनि काम गरेकी थिइन् ।

उनको कुन रोगका कारण निधन भएको भन्ने खुलाइएको छ । तर, परिवारका सदस्यहरुबीच उनको निधनको घोषणा गरिएको पत्रकार तथा तेजश्रीकी बहिनी मन्जुश्री थापाका पति ड्यानियल ल्याकले लेखेका छन् ।

तेजश्रीकी १८ वर्षीया छोरी माया थापा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?