
१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश शोकमा डुबेका बेला आँधी हुरी प्रभावितको राहत तथा उद्दारमा जुट्न आह्वान गरेका छन् । दुई दिनको कार्यक्रम तय गरेर गृहजिल्ला झापा पुगेका ओली सबै कार्यक्रम रद्द गरेर बारातर्फ लाग्दैछन् ।
प्रधानमन्त्रीलाई लिन सेनाको हेलिकोप्टर चन्द्रगढी पुग्न समय लाग्ने भएपछि ओली सोमबार बिहान गृहनगर दमकमा आयोजित पार्टीको प्रशिक्षण भेलामा सहभागी भए । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको कार्यक्रम शुरु हुनासाथ आफैंले उद्घोषण गर्दै शोकका बेला मौनधारण गरौं भने ।
एक मिनेटको मौनधारणपछि प्रधानमन्त्री ओलीले सिंगो देश बारा र पर्साका पीडित जनताको राहत तथा उद्दारमा खटिनुपर्ने अवस्था आएको भन्दै दमकबाट पनि राहत अभियान शुरु गर्न पार्टीका कार्यकर्ताहरुलाई आग्रह गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले अनलाइनखबरलाई बताए ।
प्रतिक्रिया 4