+
+

जग्गा कब्जा गरी सञ्चालित अवैध रक्सी भट्टी नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २२ गते १८:२५

२२ चैत, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा प्रहरीले अर्काको जग्गा कब्जा गरी सञ्चालन गरेको अवैध रक्सी भट्टी नष्ट गरेको छ ।

वीरगञ्ज महानगरपालिका-२७ उदयपुरघुर्मीमा भरत यादवले सञ्चालन गरेको रक्सी भट्टी नष्ट गरेको हो ।

बाँसको झाडीले घेरिएको खोला नजिकै महेश रामको जग्गामा यादवले बलजफ्ती फुसको अस्थायी छाप्रो बनाएर घरेलु रक्सी उत्पादन र्गै आएका थिए ।

बलजफ्ती जग्गा कब्जा गरी अवैध घरेलु रक्सी उत्पादन हुन्छ भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले रक्सी भट्टी नष्ट गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।

बाहिरबाट ताल्चा लगाएर राखिएको अवस्थामा खोलेर हेर्दा चार वटा ड्रममा रक्सी बनाउने कच्चा पदार्थ राखेको पाइएको उनले बताए ।

प्रहरी टोलीले ३ सय लिटर रक्सी बनाउन प्रयोग गरिने कच्चा पदार्थ, ४ थान ड्रम र बाल्टिनसमेत बरामद गरि नष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?