+
+

३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्नेलाई ९ महिना कैद

रासस रासस
२०७५ चैत २७ गते १३:४७

२७ चैत, गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाकाको दमौटीमा एक तीन वर्षीय बालिकामाथि यौन दुर्व्यवहार गर्ने स्थानीय १५ वर्षीय बालकलाई जिल्ला अदालत उदयपुरले नौ महिनाको जेलसजाय फैसला गरेको छ ।

मङ्गलबार जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका यौन दुर्व्यवहार गर्ने १५ वर्षीय बालकलाई ९ महिनाको जेल सजाय फैसला गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले बताए ।

विसं २०७५ भदौ ३० गते बालकले एक तीन वर्षीय बालिकामाथि यौन दुर्व्यवहार गरेपछि पीडितको अभिभावकको उजुरीमा प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि बालकविरुद्ध जिल्ला अदालतमा यौन दुर्व्यवहारविरुद्ध मुद्दा चले पनि ५० हजार धरौटीमा बाल तारेखमा रिहा भएका थिए ।

तर मङ्गलबार जिल्ला अदालतले बालकलाई ९ महिना जेल सजायको फैसला गरेको जिल्ला अदालत उदयपुरले बताएको छ ।

मुलुकी अपराधसंहिता ऐन, २०७४ को दफा २२५ (१) का अनुसार यौन दुर्व्यवहार गर्नेविरुद्ध डेढवर्ष जेल सजाय हुने प्रावधान रहेको र उक्त १५ वर्षीय अभियुक्त बालक भएका कारण आधा सजाय हुनेगरी नौ महिना जेल सजाय तोकेको पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।

बालकलाई सजाय भुक्तानी गराउन नौ महिना सुधार गृहमा पठाइने पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?