+
+

राजपाको आन्दोलनको औचित्य छैन : मन्त्री बास्कोटा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २८ गते २०:११

२८ चैत, जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजपा नेपालले थालेको आन्दोलनको औचित्य नरहेको बताएका छन् ।

बिहीबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री बास्कोटाले सरकार समस्या समाधाननका लागि वार्ता गर्न तयार रहेको बताए । उनले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न राजपासँग आग्रह गरे ।

केवल आन्दोलनको लागि मात्रै आन्दोलन गर्ने हो भने त्यसको औचित्य नरहेको भन्दै उनले राजपाको अधिकांश मागहरु अदालतसंग आवद्ध रहेकाले सरकारले शक्ति पृथकीकरणको विरुद्धमा जान नसक्ने बताए ।

मन्त्री बास्कोटाले संघीयता कार्यान्वयनको लागि सरकार इमान्दार रहेको बताउदै तीनवटै सरकार बीचमा समन्वयको आवश्यकता रहेकोमा जोड् दिए ।

उनले अहिले देखिएको नागरिकताको विवादको विषयमा धेरै चर्चाको विषय बनाउनु ठीक नभएको बताए । सरकारले कुनै पनि नागरिकलाई अनागरिक बनाउन नचाहेको बताउँदै उनले नागरिकतासम्बन्धी कानुनहरुको निर्माण भएपछि नागरिकता समस्याको आफै समाधान हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?