+
+

हेटौंडामा भेटियो अवैध डेढ किलो सुन, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २६ गते १४:४०

२६ वैशाख, हेटौंडा । प्रहरीले मकवानपुरमा पहिलो पटक अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ८ ख ३७९२ नम्बरको बस चेकजाँचका क्रममा पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातमाटेमा सुनसहित भोजपुर षडानन्द नगरपालिका ४ का २९ वर्षका किशोर ल्वागुन प्रक्राउ परेका हुन् ।

उनको साथबाट प्रहरीले १ किलो ६ सय ४९ ग्राम ८ सय ९० मिलीग्राम सुन बरामद गरेको छ । प्रहरीले ल्वागुनले लगाएको दुबै खुट्टाको जुत्ताभित्र र पाईन्टको खल्तीमा लुकाएर ल्याएको सुन बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशुवाहको टोलीले हेटौंडा १५ रातोमाटेबाट सुनसिहत उनलाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार विकले ल्याएको सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँको रहेको छ ।

कारोबारमा संलग्न रहेका ल्वागुन दोस्रो पटक लैजादै गर्दा पक्राउ परेको बताइएको छ । पक्राउ परेको सुन र कारोबारमा संलग्न रहेका उनलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?