+
+

साउदीलाई अर्बौं डलरको हतियार बेच्दै ट्रम्प

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ११ गते १८:४६

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई अर्बौं डलरको हतियार सम्झौताको बोटो खोलेका छन् ।

ईरान र साउदी अरब एकअर्कालाई देखिसहँदैनन् र यस्तो अवस्थामा अमेरिकाबाट ठूलो मात्रामा हतियार खरिद गर्नु महत्वपूर्ण मानिएको छ ।

राष्ट्रपति ट्रम्पले ८ अर्ब डलरको हतियार सम्झौताका लागि कंग्रेसको रोकलाई बाइपास गरेका हुन् । सामान्य अवस्थामा यो सम्झौताका लागि ट्रम्पले कंग्रेसको सहमति लिनुपर्ने थियो ।

साउदी अरबले किन्न लागेको हतियारमा अत्याधुनिक युद्ध सामाग्री र आधुनिक बम पनि छन् । यो सम्झौतालाई लिएर कंग्रेसले कडा आपत्ति जनाएको थियो । यो हतियार संयुक्त अरब इमिरेट्स र जोर्डनलाई बेचिने बताइएको छ ।

शुक्रबार अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले साउदीलाई हतियार बेच्ने फैसलाको सूचना कंग्रेसलाई पत्रमार्फत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?