
जी टीभीबाट प्रशारण भएको ‘सारेगम लिटिल चाम्स–२०१९’मा सेकेन्ड रनरअप भएका नेपालमा प्रितम आचार्यलाई पूर्वी नेपालको काकडभिट्टामा भव्य स्वागत गरिएको छ । उनका आफन्त, परिवार र इष्टमित्र उनलाई लिन मेची पुल नजिकै पुगेका थिए । नेपालका आयुष केसीले यो शोमा चौथो स्थान हासिल गर्दा प्रितम भने सेकेन्ड रनरअप भएका थिए ।
उनलाई फूलमाला सहित भव्य स्वागत गरिएको थियो । प्रितमको स्वागत गर्न पुगेका उनी अध्ययनरत विद्यालयका विद्यार्थीहरुले उनको फोटो राखिएको प्ले कार्ड समेत बोकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4