+
+

प्रभुको नयाँ शाखा कैलालीको अत्तरियामा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ३० गते २१:१८

३० जेठ, काठमाडौं ।  प्रभु बैंकले कैलालीको गोदावरी नगरपालिका- १ स्थित अत्तरियामा नयाँ शाखा संचालनमा ल्याएको छ । शाखाको उद्घाटन गोदावरी न.पा.का नगर प्रमुख हरि सिंह साउदले गरे ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका मेयर हरि सिंह साउदले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै अत्तरिया शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको बताए ।

नयाँ शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकले बिश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?