+
+

सुदूरपश्चिम प्रदेशसभाको बैठक तेस्रोपटक पनि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ११ गते ११:५३
Photo Credit : फाइल तस्वीर

११ असार, कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक पुनः तेस्रोपटक पनि स्थगित भएको छ ।

सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले अवरोध सिर्जना गर्ने देखिएपछि बुधबारका लागि तय बैठक स्थगित गरिएको हो । यसअघि बजेटमा असन्तुष्टि जनाउँदै कांग्रेस र राजपाले रातो किताब जलाएका थिए ।

प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर आउँदो असार १२ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

यसअघि गत असार ५ गतेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले बजेटमाथि असन्तुष्टि जनाउँदै अवरोध सिर्जना गरेपछि सभामुखले असार ७ सम्मका लागि बैठक स्थगित गरेर ११ गतेका लागि आह्वान गरेको थियो ।

बजेट त्रुटिपूर्ण भएकाले संशोधन हुुनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतको माग छ । तर, सत्तारुढ दल बजेटको बचाउमा छ ।

आर्थिक मामिला तथा अर्थमन्त्री झपटबहादुर बोहोरा बजेट सन्तुलित रहेकाले संशोधन नहुने बताउँछन् ।

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि असार १ गते २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?