+
+

प्रधानमन्त्री र सामान्य प्रशासन मन्त्रीको पुत्ला दहन

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ३ गते १९:०३

३ साउन, काठमाडौं । स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले लिएको परीक्षाविरुद्ध आरक्षण बचाउ आन्दोलनले विरोध प्रदर्शन गरेको छ ।

सहिद गेटबाट सुरु भएको प्रदर्शनमा संलग्नहरुले प्रधानमन्त्री केपी शर्मा ओली र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पुत्ला जनाएका छन् ।

लोकसेवाले स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै विज्ञापन निकालेको थियो ।

लोकसेवाले निकालेको विज्ञापन समावेशी नभएको भन्दै जनजाति, मधेसीलगायतले विरोध गरेका छन् । सर्वोच्चमा मुद्दासमेत परेको थियो तर परीक्षा रोक्न अन्तरिम आदेश नदिएपछि केहीको शुक्रबार परीक्षा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?