+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

कैलालीमा छोराले चिर्पटले हान्दा बाबुको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १३ गते १३:०९

१३ साउन, कैलाली । गोदावरी नगरपालिका-५ बर्बाटामा छोराले बुवाको हत्या गरेका छन् । आइतबार राति ३० वर्षीय राम सिँह कुमालले घरायसी विबाद हुँदा ६० वर्षीय बुवा अम्बरलाई चिर्पटले हानेका थिए ।

छोराको आक्रमणबाट गम्भीर घाइते भएका अम्मरलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बाबुको हत्या गरी फरार भएका कुमाललाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको छ । उनलाई सोही नगरपालिकाको वडानम्बर १ को हाटबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही दिनअघि पनि कैलालीकोे घोडाघोडी नगरपालिकामा घरायसी विबाद हुँदा उदे रावतले बुवाको हत्या गरेको थिए भने आमालाई गम्भीर घाइते बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?