Comments Add Comment

कार्यसम्पादनमा कमजोर प्रहरीको निगरानी भइरहेको छ : गृहमन्त्री

१३ साउन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले कार्यसम्पादनमा कमजोर प्रहरी कर्मचारीको निगरानी भइरहेको बताएका छन् ।

सोमबार राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा उनले व्यवसायिकता प्रदर्शन नगर्ने र कमजोर कार्यसम्पादन भएका प्रहरी कर्मचारीको गृह मन्त्रालयले निगरानी गरिरहेको बताइका हुन् । उनले अगाडि भने ‘उच्च कार्यसम्पादन स्तर भएका सुरक्षाकर्मीहरुको मनोबल उच्च बनाई अपराध अनुसन्धामा व्यवसायिकता प्रदर्शन गर्दै लगिएको छ ।’

गएको वर्ष भएको कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा तुरुन्त अपराधी पत्ता लगाई कानूनी कारबाहीमा ल्याउन नसके पनि प्रहरीले निकै गम्भीरताका साथ अनुसन्धान गरिरहेको उनले बताए । ‘अनुसन्धानलाई नतिजामा पुर्‍याउन कुनै कसर बाँकी राखिने छैन, अनुसन्धान कार्यमा हुने कुनै पनि किसिमको लापरबाहीलाई मन्त्रालयले सहने छैन’ उनले भने ।

समिति बैठकमा सांसदहरुले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानमा प्रहरी कहाँ अलमलियो भनी प्रश्न गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment