Comments Add Comment

मोटोपन घटाउने सरल उपाय

सुन्दर देखिन खोज्नु हरेक व्यक्तिको चाहाना हुन्छ । किशोर-किशोरी, युवा-युवती, महिला-पुरुष, वृद्ध-वृद्धा सबैलाई आफ्नो सुन्दरताप्रति चासो भैरहन्छ । कोही आफ्नो हाइट कम भएकोमा दुःखी हुन्छन् भने कसैलाई आफ्नो अनुहारको रंग नै मन पर्दैन ।

कसैलाई आफ्नो हेयर स्टाइल परिवर्तन गर्न मन लागिरहेको हुन्छ भने कसैलाई आफ्नो शरीरमा पहिरन नसुहाएको गुनासो हुन्छ ।

व्यक्तित्वलाई आकर्षक बनाउने क्रममा हामीले आफैंभित्र धेरै प्रकारका गुनासाहरु थुपारेका हुन्छौं । यी सबै गुनासाहरु मध्येको एक हो-मोटोपन । खासगरी ४० कटेका महिला तथा पुरुषहरु पछिल्लो समय मोटोपनबाट पीडित देखिन्छन् । त्यसैले त हरेक बिहान बागमतीको करिडोरमा मर्निङ वाक गर्नेहरुको संख्या दिनप्रति दिन बढेको देखिन्छ भने योगादेखि जुम्बा र जीमखानासम्म धाउनेहरुको एउटै उदेश्य हुन्छ-आफूलाई स्लिम बनाउने ।

दुब्लो-पातलो शरीर सबैको चाहाना हो । तर के सबैको यो चाहाना पुरा भैरहेको छ त ? केही सकारात्मक प्रयास गरियो भने हामीले आफूलाई सहजै फिट राख्न सक्छौं । के हुन् ती प्रयासहरु ?

तौल नघट्ने कारण

तौल बढ्न थालेपछि त्यसलाई घटाउनका लागि प्राय हामी सबैले गर्ने सबैभन्दा पहिला प्रयास हो-डाइटिङ । प्रँरम्भिक चरणको डाइटिङ हामी सबैलाई रमाइलै लाग्छ ।

किनभने दुई-चार दिनको डाइटिङबाट हामीले हाम्रो शरीरबाट केही केजी तौल घटेको अनुभव गर्न थाल्छौं । यद्यपि, डाइटिङको क्रम लामो समयसम्म जारी रहनै सक्दैन । केही दिनपछि नै हाम्रो खानेपानीले पुनः पुरानै गति लिन्छ, हाम्रो ज्यान पुनः मोटाउन थाल्छ ।

वास्तवमा यसको एउटा वैज्ञानिक कारण छ । केही दिनको डाइटिङले हाम्रो शरीरबाट क्यालोरी घट्छ । क्यालोरी घटेपछि हाम्रो शरीरको तौल पनि स्वतः घट्छ । प्रारम्भिक चरणमा कम खाना खानु, कतिपय खाना खाँदै नखानु तौल घटाउने राम्रो उपाय हुनसक्छ । तर, त्यसरी खाना नै खान कम गर्दा शरीरलाई आवश्यक कुनै न कुनै पोषक तत्वको कमी हुन जान्छ ।

परिणामस्वरुप, थकान तथा डिप्रेसनले हामीलाई सताउन थाल्छ । थकान र अल्छिपनाले कामै गर्न मन नलाग्ने भएपछि बाध्य भएर हामी खानेकुरा खाने पुरानै बानीलाई अपनाउँछौं । डाइटिङ बिर्सिएपछि हामी झन् धेरै खाना खान थाल्छौं । परिणामस्वरुप हाम्रो शरीर पहिलाको भन्दा झन् मोटो देखिन थाल्छ ।

क्यालोरी नै घट्दैन

सामान्यतयाः एउटा स्वस्थ पुरुषका लागि दिनको १८ सय तथा महिलाका लागि १५ सय क्यालोरी पर्याप्त मानिन्छ । डाइटिङ गर्ने क्रममा हामीले करिव ५ सय क्यालोरी घटाउन सक्छौं । तर, एउटा अनुसन्धानबाट के पत्ता लागेको छ भने अधिकांश व्यक्तिले क्यालोरीको गणना गलत तरिकाबाट गरिरहेका हुन्छन् । जस्तो, शुक्रवार रेष्टुराँमा गरिएको जंकफूडसहितको डिनरबाट प्रँप्त हुने क्यालोरी भोलिपल्ट जीम गरेर घटिहाल्छ नि भन्ने सोचिन्छ, जुन सोचाइ नै गलत हो । शरीरमा जम्मा भएको क्यालोरी घटाउन त्यति सहज छैन ।

कार्बोहाइड्रेडका कुरा

कार्बोहाइड्रेडले शरीरलाई ऊर्जा प्रदान गर्छ । हाम्रो शरीरले प्राप्त गर्ने ५५ देखि ६५ प्रतिशत कुल क्यालोरि कार्बोहाइड्रेट्बाटै प्राप्त हुन्छ । कार्बोहाइड्रेडले हाम्रो शरीरमा इन्धनको झैं काम गर्छ । डाइटिङ गरेको बेला शरीरबाट कार्बोहाइड्रेड कम गर्ने क्रममा ग्लाइकोजनको स्तर घट्ने गर्दछ र शरीर ऊर्जाको वैकल्पिक स्रोत अमिनो एसिडतर्फ उन्मुख हुन्छ ।

त्यसबाट मांशपेशी भित्र भएका तन्तूहरुलाई नकारात्मक प्रभाव पर्छ । पाचन प्रकृयाका लागि पनि कार्बोहाइड्रेड अनिर्वाय मानिन्छ । त्यसैले डाइटिङ गर्दा कार्बोहाइड्रेडलाई पूर्ण रुपमा कटौती गर्नु हुँदैन, त्यसको साटो सेतो चामल तथा चिनीको साटो फलफूल र सागसब्जीको मात्र बढाउन सकिन्छ भने मैदा र त्यसबाट बन्ने पदार्थहरुको खपत कम गर्नु पर्छ ।

चिल्लो पदार्थको दवाव

तपाईंले शरीरको तौल घटाउनुको अर्थ शरीरबाट क्यालोरीको मात्रा घटाउनु हो । त्यसका लागि हामीले नियमित शारीरिक अभ्यासका साथै खानपिनमा पनि विशेष ध्यान दिनु पर्छ । खानपिनमा त्यस्ता खाद्यपदार्थलाई समावेश गर्नु पर्छ, जसले क्यालोरी पनि घटाओस् र शरीरमा नकारात्मक प्रभाव पनि नपरोस् ।

सकारात्मक चिल्लो पदार्थ तथा नकारात्मक चिल्लो पदार्थबीचको फरक थाहा पाउनु पर्छ । जस्तै रातो मासुको साटो माछा अथवा सेतो मासु अनि दूधबाट बनेका चिल्लोरहित खाद्यपदार्थहरु प्रयोग गर्न सकिन्छ । खानामा ताजा सागसब्जी तथा फलफूलको मात्रा बढाउनु पर्छ । खानाबाट सेतो चिनी, मदिरा तथा टिनको डब्बामा प्याक गरिएका खाद्य पदार्थ खान छाड्नु पर्छ ।

कस्तो हुनुपर्छ डाइट-प्लान ?

-बिहान, दिउँसो अथवा बेलुका मध्ये कुनै पनि बेलाको खाना छाड्नु हुँदैन । बिहानको ब्रेकफाष्ट त छाड्नै हुँदैन । ब्रेकफाष्टमा सकेसम्म बढि प्रोटिन हुनु पर्छ । पछिल्लो अध्ययन अनुसार प्रँेटिनयुक्त खाजाले तौल घटाउन सहयोग गर्छ । ब्रेकफाष्टमा अण्डा, फलफूल, सिरियल्स -कर्न फेलेक्स), दही तथा ग्रीन टी समावेश भएको हुनुपर्छ ।

-छोटो-छोटो समयमा केही न केही खाइरहनु पर्छ । धेरै बेरसम्म पेट खालि भयो भने ग्याँसको समस्या हुन्छ । त्यसबाट हामीले पेट त भरिएको अनुभव गर्छौं, तर शरीरलाई आवश्यक पौष्टिक पदार्थको भने कमि भैसक्छ  । यसबाहेक राम्ररी ब्रेकफाष्ट नगर्नाले व्यक्तिले दिउँसोको खाना धेरै खाने सम्भावना हुन्छ ।

– दिउँसोको खाना खानुभन्दा करिव आधा घण्टाअघि केही फलफूल खानु पर्छ । फलफूलले हामीले खाएको खाना पचाउन सहयोग पुर्‍याउँछ । खालि पेटमा फलफूल खानाले शरीरले उर्जा प्राप्त गर्छ ।

-गर्मी मौसममा दिनको करिव ८ देखि १० गिलास पानी पिउनु पर्छ । यद्यपि, खाना खँइरहेको बेला भने पानी पिउनु हुँदैन । यदि खाना खाँदा पानी पिउने बानी छ भने त्यसले हाम्रो पाचन प्रकृया सुस्ता पार्छ । त्यसैले खाना खाँदै गर्दा धेरै पानी पिउनु हुँदैन । पानी पिउनै छ भने खाना खानु भन्दा कम्तिमा १५ मिनेट अघि अथवा पछि पिउन सकिन्छ ।

-खाना खाँदा खानेकुरालाई राम्ररी चपाउनु पर्छ । एउटा अनुसन्धानले के प्रमाणित गरेको छ भने हामी खानालाई चपाउन जति समय खर्च गर्छौं, त्यति नै कम क्यालोरी शरीरले ग्रहण गर्छ ।

लामो समयसम्म खाना चपाउँदा मष्तिष्कले समेत हाम्रो पेट भरिसकेको छ भन्ने सन्देश जान्छ । हामीले खाने खानाको प्रत्येक गाँसलाई कम्तिमा ३५ देखि बढिमा ५० पटकसम्म चपाउनु पर्छ ।

-खाना खाने बेलामा दायाँ-बायाँ कुरामा ध्यान दिनु हुँदैन । खाना खाँदा अरु कुनै पनि काम गर्नु हुँदैन । खाना खाँदा अरु कुरामा ध्यान दिँदा खानाबाट ध्यान अन्यत्र जान्छ भने हामीले आवश्यकता भन्दा बढि खाना खाइसकेका हुनेछौं ।

-राति ८ बजेपछि गरिष्ट भोजन गर्नु हुँदैन । डिनरमा सकेसम्म कम क्यालोरीयुक्त खाना खानु पर्छ । सकेसम्म सूप अथवा झोल पदार्थमा बढि जोड दिनु पर्छ ।

फिटनेसको प्लान

-बिहान होस् अथवा साँझ, हरेक दिन हिड्नु पर्छ । त्यसरी हिँड्दा कसैसँग कुराकानी गर्नु हुँदैन । कम्तिमा २५ मिनेटसम्म लगातार हिंड्नु पर्छ । एक किलोमिटर हिंड्नका लागि १० मिनेटभन्दा बढि समय लगाउनु हुँदैन ।

-हरेक दिन एकै प्रकारको व्यायाम गर्ने हो भने त्यसबाट शरीरले फाइदा पाउँछ । यद्यपि, त्यसले तौलमा भने फरक पार्दैन । त्यसैले तौल नै घटाउने हो भने जिमशाला नै धाउनु पर्छ ।

-हरेक दिन एकै स्थानमा हिँड्नु हुँदैन । हरेक दिन अलग-अलग दिशातर्फ हिड्नु पर्छ ।

-एकै पटक ३० मिनेटसम्म व्यायाम गर्ने समय छैन भने दिनको तीन पटक १०-१० मिनेटका दरले व्यायाम गर्न सकिन्छ ।

के-के नखाने ?

– सोडा अथवा कार्बोनेटेड डि्रंक्सको साटो फ्रेस जूसलाई प्रँथमिकता दिनु पर्छ ।

-कुकिज, चिप्स जस्ता खानेकुरा खानु हुँदैन, यीनको साटो फलफूल, जूस अथवा ड्राइ फूड खान सकिन्छ  ।

– ह्वाइट ब्रेडको साटो ब्राउन ब्रेड राम्रो हुन्छ ।

– फास्टफुड, क्यान फुड, प्याक्ड फुड, फोजन फुड तथा ओवर कुक्ड फुडबाट बच्नु पर्छ ।

-हरेक दिनको खानमा फलफूल, ग्रीन सलाद आदिलाई समावेश गर्नुपर्छ ।

अन्त्यमा,

एक साताको टाइम टेबल बनाएर यदि आफ्नो तौल बढेको छ भने कुराले बढायो अथवा घटेको छ भने के-के गरेर घट्यो भन्ने कुरा निश्चित गर्नुपर्छ । यदि तौल बढाउने कुरा भेटियो भने त्यसलाई त्याग्नु पर्छ भने तौल घटाउने कुरालाई नियमित गर्नु पर्छ । छोटो समयमै धेरै केजी तौल घट्ने सपना देख्न छाड्नु पर्छ ।

तीस वर्ष कटेपछि नियमित रुपमा आफ्नो तौल परिक्षण गरिरहनु पर्छ । केही किलो तौल बढ्ने बित्तिकै त्यसलाई घटाउनेतर्फ सोच्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment