+
+

जनजाति आन्दोलन : प्रधानमन्त्री र मुख्यमन्त्री निवासमा धर्ना दिने

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १९ गते १९:१९
Photo Credit : अनलाइनखबर फाइल

१९ साउन, काठमाडौं । लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापनविरुद्धको आन्दोलनमा आदिवासी जनजाति अन्तरपार्टी सञ्जाले एक्यवद्धता जनाएको छ ।

सम्बन्धित विभिन्न मोर्चाहरुले घोषणा गरेको ‘आरक्षण बचाऔं आन्दोलन’का कार्यक्रमप्रति एक्यवद्धता जनाउँदै सञ्जालले आन्दोलनलाई शसक्त बनाउने बताएको छ ।

सत्तारुढ निकट सुरेश आले मगर संयोजक रहेको आदिवासी जनजाति महासंघ, नेपाल, नेपाल आदिवासी जनजाति संघ, समाजवादी आदिवासी जनजाति महासंघ, राष्ट्रिय जनता पार्टी, अखिल नेपाल आदिवासी जनजाति महासंघका तर्फबाट प्रतिबद्धता जनाइएको छ ।

गत १६ गतेदेखि घोषणा गरिएका संघर्षका कार्यक्रमअन्तर्गत २८ र २९ गते प्रधानमन्त्री निवास बालुवाटार र मुख्यमन्त्रीहरूको निवासमा धर्ना दिने तय गरिएको छ ।

त्यसअघि २१ गते साँझ देशैभर मुखमा कालो पट्टी बाँधेर कालो झण्डासहित मौन जुलुस निकाल्ने, २२ गते दिउँसो उल्टो हिँड्न जुलुस निकाल्ने, २६ गते सिंहदरबार र मुख्यमन्त्री कार्यालय घेराउ गर्ने कार्यक्रम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?