
२० साउन, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान करिब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।
इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको छ । ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा गाउँपालिका–५ का ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । ट्रकमा अन्य मानिस भने नभएको प्रहरीले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4