+

इन्टर मिलान जाने भए लुकाकु

२०७६ साउन  २३ गते १४:५५ २०७६ साउन २३ गते १४:५५
इन्टर मिलान जाने भए लुकाकु

काठमाडौं । रोमेलु लुकाकाबारे इन्टर मिलान र म्यानचेष्टर युनाइटेड सहमतिमा पुगेका छन् । यसले लुकाकुको मूल्य ८० मिलियन युरो पुग्नसक्छ ।

जुलाईमा युनाइटेडले इन्टरको ५४ मिलियन पाउण्डको प्रस्ताव अस्वीकार गरेको थियो । अहिले पनि उनलाई भित्र्याउन इन्टरसँग युभेन्टस पनि इच्छुक थियो ।

पाउलो डिबाला युनाइटेड जाने र लुकाकु युभेन्टस आउने गरी दुई क्लबबीच छलफल पनि भएको थियो । तर अब इन्टर मिलानले बाजी मार्ने देखिएको छ ।

लुकाकु २०१७ मा इभर्टनबाट युनाइटेड गएका थिए । त्यसबेला उनी लिगमा ८० गोल गर्ने चार खेलाडी मध्ये भएका थिए । डेब्यू सिजनमा नै उनी २५ वा सोभन्दा बढी गोल गर्ने युनाटेडका ११ खेलाडी मध्ये एक भए ।

उनले क्लबका लागि ९६ खेलमा ४२ गोल गरेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय