+
+

झापामा छोराद्वारा बुबाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २४ गते १०:३४
Photo Credit : सांकेतिक तस्वीर

२४ साउन, झापा । झापाको कमल गाउँपालिका–१ मा चिरपटको प्रहार गरेर एक जनाको हत्या भएको छ । स्थानीय ७० वर्षीय सूर्यबहादुर थापाको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख दिनेशराज मैनालीले घरायसी विवादका क्रममा थापाका छोरा प्रकाशले उनलाई चिरपट प्रहार गरेको बताए ।

‘उहाँको घटनास्थलमै मृत्यु भएको भनेर स्थानीयले खबर गरेपछि प्रहरी चोकी तोपगाछीबाट टोली खटिएको थियो’, प्रहरी उपरीक्षक (एसपी) मैनालीले अनलाइनखबरसँग भने, ‘टोलीले चिरपट प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिएको छ ।’

थप अनुसन्धान र कानूनी प्रक्रिया थालिएको मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?