+

बार्सिलोनाका डेम्बेले पाँच हप्ता मैदान बाहिर

२०७६ भदौ  ३ गते १८:१० २०७६ भदौ ३ गते १८:१०
बार्सिलोनाका डेम्बेले पाँच हप्ता मैदान बाहिर

३ भदौ, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर ओस्माने डेम्बेले पाँच हप्तासम्म मैदान बाहिर नै रहने भएका छन् ।

बार्सिलोनाले आफ्नो आधिकारिक ट्वीटरमा ट्विट गर्दै डेम्बेले पाँच हप्तासम्म मैदान बाहिर रहने जानकारी दिएको हो । स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमा नै साविक विजेता बार्सिलोना एट्लेटिको विल्बाओसँग १-० गोलअन्तरले पराजित हुँदा डेम्बेले घाइते हुन पुगेका थिए ।

खुट्टामा चोट बोकेका डेम्बेले लामो समयसम्म मैदान बाहिर नै रहने भएपछि बार्सिलोनालाई निकै ठूलो धक्का लागेको छ । बार्सिलोनाले ला लिगा फुटबलमा आफ्नो दोस्रो खेलमा रियल बेटिससँग २६ तारिखमा प्रतिस्पर्धा गर्दैछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय