६ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको एक टोली शुक्रबार दक्षिण अफ्रिका प्रस्थान गरेको छ ।
आयोगका सदस्यद्वय प्रकाश वस्ती र सुदिप पाठकसहितको ५ सदसीय टोली दक्षिण अफ्रिकाको राष्ट्रिय मानव अधिकार आयोगको निमन्त्रणामा त्यसतर्फ प्रस्थान गरेको हो ।
भ्रमणको क्रममा टोलीले दक्षिण अफ्रिकाको मानव अधिकार आयोगबाट मानवअधिकारको संरक्षण र सम्वर्द्धनको क्षेत्रमा हुँदै आएका विभिन्न कार्यहरू, उजुरी ग्रहण, अध्ययन अनुसन्धान प्रक्रियाकाबारेमा छलफल तथा जानकारी लिनेछ ।
सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन, कार्यप्रक्रिया, सिफारिस तथा कार्यान्वयन सम्बन्धमा आयोगका पदाधिकारी, नागरिक समाज लगायत अन्यसँग छलफल गर्ने कार्यक्रम छ ।
भदौ १५ गतसम्म रहने भ्रमण टोलीमा आयोगका सचिव वेद भट्टराई, इसीएनएचआरसीका परियोजना प्रमुख प्रेमबहादुर थापा र मानव अधिकार अधिकृत खिमानन्द बस्यालको पनि सहभागिता रहेको छ । क़