Comments Add Comment

हङकङमा आन्दोलनकारी नेता पक्राउ, सांसदसमेत नियन्त्रणमा

१३ भदौ, काठमाडौं । हङकङमा सरकारविरुद्ध आन्दोलनमा विभिन्न दलका नेतासहित धेरैजनालाई प्रहरीले पक्राउ गरेको  छ, जसमा हङकङको राजनीतिक दल डेमोसिस्टोका दुई नेता पनि रहेका छन् । निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

हङकङ स्वतन्त्रता आन्दोलनका अभियन्ता एन्डी च्याङ पनि जापान जान लाग्दा विमानस्थलबाट पक्राउ परेका छन् । गत जुनमा प्रदर्शन सुरु भएयता ९ सय भन्दा धेरै पक्राउ परिसकेका छन् ।

सांसद चेङ चुङ ताई पनि पक्राउ परेका उनको कार्यालयले जनाएको छ । उनी पक्राउ पर्नुको कारण भने खुलेको छैन । सुपर्दगीसम्बन्धी विधेयकको विरोधमा हङकङमा प्रदर्शन सुरु भएको थियो । तर उक्त विधेयक स्थगित गरिए पनि प्रदर्शन रोकिएको छैन । प्रदर्शनकारीले हिजोआजव पूर्व ब्रिटिस उपनिवेशबाट स्वतन्त्रताको माग राखेका छन्  ।

प्रहरीले शुक्रबार सर्वसाधारणको नाममा  अपिल जारी गर्दै  हिंसात्मक प्रदर्शन गर्नेहरुसँग सम्बन्ध विच्छेद गर्न आग्रह गरेका छन् । त्यस्तै शनिबार हुने भनिएको विरोध प्रदर्शनमा सहभागी नहने पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment