+

इकार्डी लोनमा पीएसजी आए

२०७६ भदौ  १७ गते ७:३१ २०७६ भदौ १७ गते ७:३१
इकार्डी लोनमा पीएसजी आए

१७ भदौ, काठमाडौं । अर्जेन्टिना तथा इन्टर मिलानका फरवार्ड माउरो इकार्डी पेरिस सेन्ट जर्मेन (पीएसजी) लोनमा अनुबन्धित भएका छन् ।

एनले इन्टर मिलानसँग दुई वर्षको सम्झौता नवीकरण गरेका थिए तर पीएसजीले स्थायी रुपमा अनुबन्धन गर्ने प्रतिबद्धता जनाएपछि इकार्डी लोनमा आएका हुन् । उनी ६५ मिलियन युरोमा अनुबन्धित भएको बीबीसीले जनाएको छ ।

६ वर्ष इन्टर मिलानमा रहेका उनले २१९ खेलबाट १२४ गोल गरेका छन् ।

पीएसजीसँग अनुबन्धित भएसँगै क्लबका लागि आफूले राम्रो प्रदर्शन गर्ने बताएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय