काठमाडौं । भारतको नयाँ दिल्ली रेल स्टेशनमा चंडीगढ़-कोचुभेली एक्सप्रेसमा शुक्रबार दिउँसो आगलागी भएको छ ।
१२२१८ नम्वरको चंडीगढ़-कोचुभेली एक्सप्रेसमा दिउँसो २ बजे आगलागी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । रेलवे प्रवक्ताका अनुसार रेल स्टेशनको प्लेटफार्म नम्बर ८ छोडेर जाँदै गर्दा अचानक रेलमा आगलागी भएको थियो ।
चण्डीगढ-कोचुभेली एक्सप्रेसको पछाडिको पावर कारमा आगलागी भएपनि यात्रुहरु सबै सकुशल रहेको प्रवक्ताले बताए ।
रेलमा लागेको आगो नियन्त्रणमा लिनेकाम भइसकेको र आगलागीका कारण भने खुल्न नसकेको रेलवेका प्रवक्ताले बताए ।