
२० भदौ, काठमाडौं । कीर्तिमानी पर्वतारोही कामिरिता शेपालाई पहिलो रविन्द्र अधिकारी टान पर्यटन पुरस्कार प्रदान गरिएको छ । टे्रकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले स्थापनाको ४१ औं वाषिर्कोत्सवको अवसर पारी शेर्पालाई उक्त पुरस्कार प्रदान गरेको हो ।
सगरमाथाको सर्वाधिक धेरै पटक आरोहण गर्ने कामिरिताले गत वसन्त ऋतुमा एकै सिजनमा दुई पटक सगरमाथा चुचुरो पुगेका थिए ।
टानले यसै वर्षदेखि स्वर्गीय पर्यटनमन्त्री अधिकारीको स्मृतिमा रविन्द्र अधिकारी टान पर्यटन पुरस्कार स्थापना गरेको थियो । टानले यस वर्षको डा. हर्क गुरुङ पुरस्कार प्रा.डा. प्रेम शर्मालाई प्रदान गर्यो ।
टान पासाङ ल्हामू पुरस्कार महिला पर्वतारोही माया शेर्पाले प्राप्त गरिन । टान पेमा डोल्मा शेर्पा अवार्ड काठमाडौं इन्भारोमेन्ट एजुकेशन प्रोजेक्टले प्राप्त गर्यो ।
टानले यस वर्षको टान पत्रकारिता पुरस्कार अनलाइन खबरका अच्युत पुरी, राष्ट्रिय समाचार समितिका सीबी अधिकारी, द हिमालयन टाइम्सकी अर्पणा मगर र मेघा टिभीकी कल्पना महर्जनलाई प्रदान गरेको छ ।
प्रतिक्रिया 4