+

यू–१९ एसिया कप : बंगलादेशको विजयी सुरुवात

२०७६ भदौ  २० गते १५:५४ २०७६ भदौ २० गते १५:५४
यू–१९ एसिया कप : बंगलादेशको विजयी सुरुवात

२० भदौ, काठमाडौं । बंगलादेशले एसीसी यू–१९ एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

श्रीलंकामा जारी यू–१९ एसिया कपमा शुक्रबार भएको पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको हो । १२८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले २१.३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो ।

बंगालेशका लागि तान्जिद हसनले ४५ रन बनाए । त्यस्तै, प्रविन हुसेन इमनले ३० रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले खराब प्रदर्शन गर्दै २८ ओभरमा सबै विकेटको क्षतिमा १२७ रन बनाएको थियो ।

पानी परेको कारण ढिलो गरी सुरु भएको खेल ४५ ओभरमा छोट्याइएको थियो । २७ रन हुदा पाँच विकेट गुमाएको युएईका लागि ओसामा हसनले ५८ र अलिसन शराफुले ३४ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक पनि बटुल्न सकेनन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय