
२४ भदौ, काठमाडौं । भक्तपुरको सूर्य विनायकबाट प्रहरीले एक थान नलकटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका–३ का ३८ वर्षीय शम्भुप्रसाद साह कानु रहेका छन् ।
भक्तपुरको सूर्य विनायक नगरपालिका–९ भातेढिकुरस्थित सडकमा सोमबार राति हिँडिरहेको समयमा शंका लागेपछि प्रहरीले उनीलाई चेकजाँच गरेका थिए ।
चेकजाँचको क्रममा उनको साथबाट एक थान पेस्तोल र सो पेस्तोलमा लागने ६ राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
कानुलाई महानगरीय प्रहरी वृत जगाती भक्तपुरमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रेवती रमण पोखरेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4