+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

शिक्षा मन्त्रालयका सबै सहसचिवको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ७ गते २०:४०
Photo Credit : फाइल तस्वीर

७ असोज, काठमाडौं । शिक्षा मन्त्रालयका सबै सहसचिवको सरुवा भएको छ । एक बर्ष भन्दा बढी समय एकै ठाउँमा बसेका सहसचिवहरुलाई सरुवा गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

विगत दुई महिनादेखि जिम्मेवारीविहीन रहेका वरिष्ठ सहसचिव कमल पोखरेललाई मन्त्रालयको योजना महाशाखामा पठाइएको छ । शिक्षा विभागका दीपक शर्मालाई प्रावधिक शिक्षा महाशाखामा, योजना महाशाखाका वैकुण्ठ अर्याललाई शिक्षक सेवा आयोगमा, प्रावधिक शिक्षा महाशाखाका हरि लम्साललाई चिकित्सा शिक्षा आयोगमा, ‘सिएलपीआईयु’का इमनारायण श्रेष्ठलाई शिक्षा विभागमा, शिक्षा आयोगका तुलसी थपलियालाई शिक्षा विभागमा सरुवा गरिएको छ ।

यस्तै, विष्णु अधिकारीलाई मन्त्रालयबाट शिक्षा विभागमा सरुवा गरिएको छ । बेलायती सहयोगको एउटा इभेन्टमा काम गरिरहेका केशव दाहाललाई शैक्षिक गुणस्तर परिक्षण केन्द्र सानोठिमी पठाइएको छ ।

शिक्षा विभागका चुडामणि पौडेलको शिक्षा विभागबाट विद्यालय पुनर्निर्माण आयोजना इकाइमा सरुवा भएको छ भने शिक्षा विभागबाट खगेन्द्र नेपाललाई शिक्षाका लागि खाद्य कार्यक्रममा पठाइएको छ ।

मन्त्रालयबाट मंगलवार साँझ सहसचिवहरुको सरुवा गर्ने निर्णय भएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?