+
+

६ महिनापछि नेपाल बैंकमा नयाँ सीईओ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १२ गते १२:४२

१२ असोज, काठमाडौं । मुलुककै जेठो बैंक नेपाल बैंकले ६ महिनाको रिक्ततापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । बैंकको सञ्चालक समितिले कृष्ण अधिकारीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

सीईओ देवेन्द्रप्रताप शाह ४ वर्षे कार्यकाल पूरा गरेर ६ महिनाअघि बाहिरिएका थिए । त्यसपछि बैंकमा यो पद रिक्त थियो । शनिबार बसेको बैंक बोर्ड बैठकले अधिकारीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो ।

शाहले अवकाश पाएपछि अधिकारी कार्यबाहक सीईओको जिम्मेवारीमा थिए । बैंकले नयाँ सीईओका लागि विज्ञापन नै गरेर आवेदन आह्वान गरेको थियो ।

सीईओका लागि १३ जनाले आवेदन दिए पनि अन्त्यमा अधिकारीलाई बैंकले नियुक्त गरेको हो । अधिकारीले नेपाल बैंकबाट नै बैंकिङ करियर शुरु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?