Comments Add Comment

हतियार बोकेरै मदिरा तस्करी गर्छन् तस्करहरुले

५ कात्तिक, जनकपुरधाम  । नेपालबाट भारततर्फ मदिरा तस्करी गर्ने समूहले हतियार समेत राख्ने गरेको पाइएको छ । भारतको बिहार राज्यमा मदिरा बिक्री बितरण र प्रयोगमा समेत रोक लगाइएपछि नेपालबाट बिहारतर्फ मदिरा तस्करी बढेको छ ।

मदिरा तस्करहरुले हतियार बोकेरै मदिरा बिहार पुर्‍याउने गरेका छन् । सप्तरीबाट भारततर्फ मदिरा लग्ने समूहबाट हतियार समेत बरामद भएपछि यस्तो रहस्य खुलेको हो । मोटरसाइकलमा बिहारतर्फ मदिरा बोकेर गइरहेका समूहले लोड गरिएका सिक्सर पेस्तोल समेत बोकेका थिए । गस्तीमा रहेका सशस्त्र प्रहरीलाई देखेपछि ती व्यक्तिहरु फरार हुँदा चेक गरेपछि पेस्तोल र २ राउण्ड गोलीसहित मदिरा समेत बरामद भएको छ ।

सिमावर्ती छिन्नमस्ता गाउँपालिका-२ मोहनपुरबाट मंगलबार विहान २८ थान कस्तुरी मदिराको बोतलसहित पेस्तोल बरामद भएको सशस्त्र प्रहरी निरीक्षक नवीन बुढाथोकीले जानकारी दिए ।

बरामद गरिएको हतियार र मोटरसाइकल इलाका प्रहरी कार्यालय सखडाको जिम्मा लगाइएको छ ।

मदिरा तस्करहरु हतियार बोक्ने मात्र होइन प्रहरीमाथि नै जाइलागेको घट्नाहरु यसअघि नै बाहिरिसकेको छ । धनुषाको सिमावर्ती गाउँ मुखियापट्टी मुसहर्नियाँ गाउँपालिकामा केही महिनाअघि मदिरा तस्करी गर्ने समूहले प्रहरीको हतियार नै लुटेका थिए ।

१८ बैशाखामा भारततर्फ मदिरा तस्कर गर्नेहरुको समूहले प्रहरीको हतियार लुटेका थिए । नेपाल प्रहरीसँग झडप गर्दै उनीहरुले प्रहरी सहायक निरीक्षक प्रमोद कुमार साहको साथमा रहेको पेस्तोल लुटेका थिए । लुटिएको पेस्तोल सोही दिन साँझ सिमावर्ती क्षेत्रको एक झाडीमा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment