Comments Add Comment

बेलायतमा २१ बच्चाकी आमा पुनः गर्भवती

अहिलेको जमाना २ वटा बच्चालाई हुर्काउन, पढाउन त मुस्किल छ भने झण्डै २ दर्जन बच्चा जन्माएर के गर्ने होला ?

बेलायतकी एकजना महिलालाई चाहीँ यसको सुर्ता छैन । उनले २१ व्टा बच्चा जन्माइसकेकी छिन् र बाइसौँ बच्चा जन्माउने तरखरमा छिन् । अर्थात् उनी बाइसौँ पटक गर्भवती बनेकी छिन् ।

एक युट्युब भिडियोमार्फत उनले आफ्नो अल्ट्रासाउण्ड रिपोर्ट देखाउँदै आफू गर्भवती रहेको खुलासा गरेकी हुन् ।

४४ वर्षकी यी महिलाको नाम हो, सू रेडफोर्ड । उनका पतिको नाम नोयल रेडफोर्ड हो, जो ४८ वर्षका भए । बेलायतको मोरेक्याम्बेमा उनीहरु बसोबास गर्दछन् ।

रेडफोर्ड दम्पत्तिको परिवारले बेलायतको सबैभन्दा ठूलो परिवारको रुपमा कीर्तिमान कायम गरिसकेको छ । यो परिवारको बेकरी व्यवसाय छ । ठूलो परिवार भएको कारण व्यवसाय सञ्चालन गर्न अरु कर्मचारी राख्नु परेको छैन ।

अनौठो त के भने सू ले गत वर्षको नोभेम्बरमा मात्रै पछिल्लोपटक छोरी जन्माएकी थिइन् । अहिले उनी १५ हप्ताकी गर्भवती बनिसकेकी छिन् ।

आगामी अप्रिल महिनामा उनले आफ्नो २२ औँ बच्चालाई जन्म दिनेछिन् । यो पटक आफूले छोरा जन्माउने विश्वास उनको छ । यदि यो पटक छोरा जन्मिएमा उनका सन्तानहरुमा छोरा र छोरीको संखया बराबर अर्थात् ११/११ जना हुनेछ ।

उनीहरुको घरमा कूल १० वटा कोठा छन् । त्यसैमा उनीहरु बस्दछन् ।

रोचक त के भने नबौँ बच्चाको जन्मपछि सू ले परिवार नियोजन गराएकी थिइन् । तर उनलाई अझै बच्चा जन्माउन मन लाग्यो र परिवार नियोजन उल्टाउने सर्जरी गराइन् ।

रेडफोर्ड दम्पत्ति अहिले आफ्ना १९ जना छोराछोरीसँगै बस्दछन् । उनीहरुको जेठो छोरा र जेठी छोरीको चाहीँ बिहे भैसकेको छ ।

अनौठो त के भने २२ औँ बच्चा जन्माउने तरखरमा रहेकी सू का नाती नातिनी समेत भैसकेका छन् । उनकी जेठी छोरी सोफीले ३ वटा बच्चा जन्माइसकेकी छिन् । एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment