
४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनवादी गायक जीवन शर्मालाई आइतबार दिउँसो आफ्नै निवास बालुवाटारमा भेट गरेका छन् ।
जनगायक शर्माका छोरा निर्मल आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओलीले उनीसँग भेट गरेका हुन् । शर्माका माइला छोरा आचार्यको अन्न नलीमा हाडले प्वाल पारेपछि उनी उपचाररत छन् ।
शर्माका छोराको विषयमा अनलाइखबरमा समाग्री प्रकाशित भएपछि प्रधानमन्त्री ओलीले यसबारे चासो दिएका हुन् ।
शर्मासँगको भेटमा प्रधानमन्त्री ओलीले उपचारका लागि आवश्यक सहयोग गर्न गर्ने बताएको बालुवाटार स्रोतले जानकारी दियो । प्रधानमन्त्रीलाई उद्धृत गर्दै बालुवाटार स्रोतले अनलाइनखबरसँग भन्यो, ‘छोरालाई जसरी हुन्छ, बचाउनु पर्यो । सहयोग चाहिन्छ भने भन्नुहोला ।’
भेटका क्रममा गायक जीवन शर्माले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । भेटमा शर्माले तत्कालका लागि सहयोगको आवश्यक नरहेको प्रधानमन्त्रीलाई बताएका थिए ।
प्रतिक्रिया 4