+

आसिफलाई जनकपुरको मार्कीमा निरन्तरता

२०८२ असार  १८ गते ११:०२ २०८२ असार १८ गते ११:०२
आसिफलाई जनकपुरको मार्कीमा निरन्तरता

१८ असार, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि जनकपुर बोल्ट्सले मार्की खेलाडीमा आसिफ शेखलाई निरन्तरता दिँदै रिटेन गरेको छ ।

जनकपुरले बुधबार सामाजिक सञ्जालमा आसिफलाई मार्कीमा निरन्तरता दिइएको जानकारी गराउँदै रिटेन गरिएका खेलाडीहरूको सूची बिहीबार सार्वजनिक गर्ने जनाएको छ ।

जनकपुरका लागि अघिल्लो सिजन कप्तानमा अनिल साह थिए भने शुभ कंसाकार, शेर मल्ल, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर, हेमन्त धामी, अरनिको यादव, आकाश त्रिपाठी, विशाल सुस्लिङ, मयन यादवलगायतका खेलाडीहरूले खेलेका थिए ।

यिनै खेलाडीहरूबाट रिटेन्सनको लिस्ट सार्वजनिक गरिनेछ । एनपीएलको दोस्रो सिजनका लागि मार्कीबाहेक ६ खेलाडीसम्म रिटेन गर्न पाउने प्रावधान छ ।

जनकपुर बोल्ट्स एनपीएलको साविक विजेता टोली हो । गत सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले उपाधि जितेको थियो ।

हालसम्म चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स र कर्णाली याक्सले रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् ।

आगामी अगस्टमा एनपीएलको मिनी अक्सन पनि हुने तय छ ।

आसिफ शेख जनकपुर बोल्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय