Comments Add Comment

तिलोत्तमा प्रिमियर लिगमा ज्ञानोदय र मणिग्राम समूह विजेता

५ कार्तिक, बुटवल । रेन्बो ज्ञानोदय गोल्डस् र मणिग्राम किङ्गस् तिलोत्तमा प्रिमियर लिगमा समूह बिजेता बन्दै उपाधीमाथि दावेदारी पेश गरेका छन् ।

मंगलबार बिहान भएको लिग चरणको अन्तिम खेलमा लुम्बिनी शाक्यान्लाई ९ विकेटले पराजित गर्दै ज्ञानोदय गोल्डस् समूह ‘ए’ बाट २ दशमलव २९ अंकका साथ समूह बिजेता बनेको हो । समूह ‘बी’ को बिजेता बनेको मणिग्राम किङ्ग्स्ले १ दशमलव २३ अंक जोडेको छ ।

मंगलबारको खेलमा पहिले ब्याटिङ्ग गरेको लुम्बिनी शाक्यान्ले दिएको १ सय ९ रनको लक्ष्य ज्ञानोदयले १४ ओभर चल्दै गर्दा भेटेको थियो । ज्ञानोदयको जितका लागि सुनिल धमलाले नटआउट ५० रनको योगदान गरे भने सिद्धार्थराज शाही नटआउट २९ र शंकर रानाले २३ रनको योगदान गरे । लुम्बिनीलाई सस्तैमा रोक्न ज्ञानोदयका प्रतिश जिसीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै कमल ओली र रोशन क्षेत्रीले समान २/२ विकेट तथा सिद्धार्थराज शाही र नविन भट्टराईले १/१ विकेट लिएका थिए ।

प्रतियोगितामा ज्ञानोदयका सुनिल धमला मोस्ट भ्यालुएवल खेलाडी बने भने ज्ञानोदय कै प्रतिश जिसीले म्यान अफ द म्याचको उपाधी जिते ।

कात्तिक ७ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले चार लाख र उपविजतोले २ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment