Comments Add Comment

सुखी र खुसी जीवन : यसरी बदल्नुहोस् आफूलाई 

बबिता एउटी गृहिणीका साथ-साथै लेखिका पनि हुन् । उनी हरेक दिन बिहान ६ बजे नै उठ्छिन् । उठेपछि आफूसहित श्रीमान् र छोरा-छोरीका लागि चिया बनाउने, पूजा गर्ने जस्ता एक चरणको काम उनी ब्रेकफास्टभन्दा पहिला नै गरिसक्छिन् । उनी ९ बजेदेखि १० बजेसम्म खाना खाएपछि पुनः काम गर्न तिर लाग्छिन् । उनको यो दिनहुँको रुटीन हो ।

त्यसैले उनका कलेज अध्ययन गर्दाका मिल्ने साथीहरुले बारम्बार आफ्नो बाहिरी काम र घरको कामलाई सामान समय दिन नसकेको गुनासो गरेको रहेकी हुन्छिन् । बबिताका साथीहरु जस्तै तपाईंंको पनि त्यस्तै समस्या छ भने निरास हुनुपर्दैन, किनभने आज हामी त्यस्ता समस्याहरुका बारेमा केही जानकारी लिएर आएका छौं ।

स्वयंलाई दोषी मान्नु हुँदैन

यदि तपाईंंको काम र घरबीचमा सामञ्जस्य सम्भव छैन भने त्यसका लागि आफूलाई अपराधी मान्नुहुँदैन । तपाईंं काम गर्नुहुन्छ । यो कुनै गलत कुरा होइन । तर, त्यसका लागि सर्वप्रथम घरमा भइरहेको समस्याहरुको लागि स्वयंलाई दोषी मान्न छाड्नुपर्छ ।

समय तालिका बनाउनुपर्छ

आफ्नो लागि टाइम टेबल (समय तालिका) बनाउनु पर्छ । दिनमा २४ घण्टा हुन्छ र यदि तपाईंं सही टाइम टेबलको हिसाबले चल्नुभयो भने तपाइर्ं आफ्नो सम्पूर्ण काम सजिलै गर्न सक्नुहुन्छ । तर, कुनै एउटा काममा आवश्यक भन्दाबढी समय लगाउनुभयो भने अथवा अल्छी गर्नुभयो भने कहिले सन्तुलन बन्न पाउँदैन । त्यसैले समय सीमाको हिसाबले चल्न आवश्यक हुन्छ ।

आपसी समझदारी आवश्यक

जुन काम धेरै जरुरी छ, त्यो काम पहिला गर्नुपर्छ । यदि तपाईंंले बिहान फस्ट आवरमै अफिसको प्रोजेक्ट सबमिट गर्नुछ भने पहिला त्यो काम पूरा गर्नुपर्छ । किनभने तपाईं वर्किङ बुमन हुनुहुन्छ । यदि त्यस्तो स्थितिमा बच्चालाई समय दिनसक्नु भएको छैन भने घरका अन्य सदस्यको सहयोग लिनुपर्छ ।

प्रेम र सहयोगका साथ आफ्नो कार्य पूरा गरेपछि बच्चा र परिवारसँग समय व्यतित गर्नुपर्छ । यदि तपाईंंको धेरै काम छ भने यो कुराको जानकारी घरको जिम्मेवार व्यक्तिलाई सुचित गर्नुपर्छ । आपसी समझदारीमा परिवारको जिम्मवारी निर्वाह गर्नुपर्छ ।

मनपर्ने कामको लागि धेरै समय  

तपाईंं आफू के कुरामा खुशी हुनुहुन्छ ? त्यो कुरा निर्धारण गर्नुपर्छ । धेरै पैसाको लागि धेरै काम गर्नुपर्छ । त्यस्तो स्थितिमा तपाईंंलाई जुन काम आफ्नो खुशीले गरिरहनु भएको छ, त्यहि गर्नुपर्छ । यदि घरमा धेरै समय दिँदा तपाईंंलाई खुशी प्राप्त हुन्छ भने घरलाई धेरै महत्व दिनुपर्छ ।

मनबाट काम गर्नुपर्छ

आफूले गर्ने कामसँग प्रेम हुनु आवश्यक छ । थोरै काम गर्नुपर्छ । तर, राम्रो काम गर्नुपर्छ । यसो गर्दा तपाईंं खुशी रहनुको साथै मानसिक रुपले पनि स्वस्थ रहनुहुन्छ ।

आफ्नो लागि समय 

आफ्नो लागि पनि समय निकाल्नुपर्छ । आफ्नो लागि पनि समय निकाल्नु अति आवश्यक हुन्छ । आफ्नो लागि छुट्याएको समयमा आफूलाई मन लागेका सबै कुराहरु गर्नुपर्छ । यो समय तपाईंं आराम पनि गर्न सक्नुहुन्छ । यो समयमा तपाईंंले कुनै पनि कार्य गर्नु हुँदैन ।

सजिलो तरिका खोज्नुपर्छ

तपाइर्ं कामकाजी महिला हुनुहुन्छ भने घर र बाहिरको सबै जिम्मेवारी निभाउन सक्नुहुन्न । त्यसैले त्यस्तो स्थितिमा तपाईंं त्यस्ता जरुरी कार्य मात्र गर्नुहोस् जुन तपाईंं बाहेक अरु कोहीले गर्न सक्दैन। आधुनिक जमानाको फाइदा उठाउनुपर्छ । अनलाइन सपिङको महत्व बुझ्नुपर्छ । घरको सामानहरु अर्डर गर्न, लुगा किन्न, बिल तिर्न आदि कार्य तपाईंले अनलाईनबाट गर्नुपर्छ । यसो गर्दा  काम कम हुन्छ । तपाईंं कम थाक्नु हुन्छ र धेरैभन्दा धेरै समय तपाईं आफ्नो परिवारलाई दिन सक्नुहुन्छ ।

आजको युगमा त्यस्तो कुनै क्षेत्र छैन  जहाँ महिलाले आफ्ने छाप नछोडेका हुन् । आफ्नो लगन, मेहनत र दृढताले महिला स्वयंमा स्वच्छ सोच उत्पन्न गर्छन् । जसले उनीहरु सही निर्णय लिन सक्छन् । जसका कारण आज हामी ती महिलाहरु जसले समाजमा उदाहरणीय भूमिका निभाएका छन् । त्यस्ता महिलाहरुले हामीलाई भविष्यमा पनि प्रेरित गरिरहने छन् ।

तपाईंं आफू खुशी हुनुभयो भने मात्र अरुलाई खुशी राख्न सक्नुहुन्छ । आफ्नो सोच सझदारीमा टिकिरहनुपर्छ । यसप्रकार तपाईंं आफ्नो सम्पूर्ण जिम्मेवारीलाई सही तरिकाले निभाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment