 
																			१० कात्तिक, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले हिन्दू नेपालीहरुको चाड तिहारको शुभकामना दिएको छ ।
बायर्न म्युनिखको आधिकारिक फेसबुक पेजबाट नेपालीलाई ‘ह्पाप्पी तिहार’ भन्दै शुभकामना सन्देश दिएको छ । बायर्नले भनेको छ, ‘हाम्रा सम्पूर्ण नेपाली समर्थकलाई तिहारको शुभकामना छ ।’
बुन्डेस लिगा फुटबलमा बायर्नले शनिबार राति मात्रै युनियन बर्लिनलाई २–१ गोलअन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको थियो । बायर्नले ९ खेलबाट पाँच खेलमा जित, तीन खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै १८ अंक बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                
 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4