Comments Add Comment

हाम्रो पूर्वाञ्चल गोल्डकप शनिबारदेखि

१३ कात्तिक, विराटनगर । कात्तिक १६ गते सुरु हुने अन्नपूर्ण हाम्रो गोल्डकपको उद्घाटन खेलमा आयोजक र सिक्किम आक्रामकले प्रतिस्पर्धा गर्ने भएका छन् ।

विर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा आयोजक जायोन स्पोर्टस क्लब र भारतीय सिक्किम आक्रामक भिड्ने भएका हुन् ।

प्रतियोगितामा भारतका दुईसहित आठ क्लबहरु सहभागि छन् । १२ लाख ५० हजार पुरस्कार राखिएको प्रतियोगिताको दोस्रो खेलमा कात्तिक १७ गते आइतबार झापा ११ र नेपाल पुलिस क्लब भिड्ने छन् ।

कात्तिक १८ गते समुह ए मा रहेको आयोजक र सिक्किम आक्रामबीचको बिजेतासँग संकटा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ ।

१९ गते समूह बीमा रहेको झापा र नेपाल पुलिसबीचको बिजेतासँग सशत्र प्रहरीको एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछ ।

कात्तिक २० गते समुह ए मा रहेको मेलवे आसामले त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । कात्तिक २१ गते गोर्खा ब्वाइज रुपन्देहीले थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्का ब्राण्ड एम्बेस्डर रहेको प्रतियोगितको सेमिफाइनल खेल कात्तिक २२ गते र २३ गते हुनेछ । फाइनल खेल भने कात्तिक २५ गते हुनेछ ।

प्रतियोगिताको बिजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपविजेताले ६ लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष भक्त खवासले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment