+
+

नाराबाजी गर्ने विद्यार्थी नेताहरुसँग रिसाए देउवा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १५ गते १८:२४

१५  कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विद्यार्थीहरुमाथि खनिएका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकलाई लक्षित गरेर नेपाल विद्यार्थी संघका नेताहरुले नाराबाजी गरेका थिए । उनीहरुले नेवि संघको अध्यक्ष, अब कति वर्षको ? विधान मिच्न पाइँदैन, टीके प्रथा खारेज गर् भन्दै नारा लगाएका थिए ।

बैठकमा सहभागी हुन देउवा पार्टी कार्यालयमा पुग्दा उनीहरुले झन चर्को स्वरमा नारा लगाए । देउवा पार्टी कार्यालयको मुल ढोका नजिक पुगिसकेका थिए, नारा लगाइरहेकाहरुतिर फर्किएर औला ठड्याए ।

नाराबाजी गर्नेहरुले देउवाले अपशब्द प्रयोग गरेको दाबी गरेका छन् भने नेताहरुले त्यसलाई अस्वीकार गरेका छन् ।

देउवासँगै रहेका एक नेताले भने, ‘उहाँले रिसाउँदै बाटो किन छेकेको भन्नु भएको हो । अपशब्द प्रयोग गर्नु भएको होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?