१७ कात्तिक, गोरखा । बमको हल्लाले गोरखामा आइतबार केहीबेर त्रास फैलिएको छ । यद्यपि, उक्त शंकास्पद वस्तु बम नरहेको खुलेको छ ।
गोरखा नगरपालिका–१२, आठकिलोमा आइतबार बिहान नक्कली बम फेला परेको हो ।
शंकास्पद वस्तु भेटिएको सूचनापछि निरीक्षक नेतृत्वको एक प्रहरी टोली त्यसतर्फ गएको थियो । टोलीले खतरा लेखिएको कार्टुनभित्र बम नभएर माटो र तामाको तार मात्र फेला पारेको नेपाल प्रहरीका एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।
‘बम भेटिएको सूचना पाएपछि गएको प्रहरी टोलीले खोजी गर्दा उक्त वस्तु बम नभएको खुलेको छ’, एसपी अधिकारीले भने ।
सडकबीचमा शंकास्पद वस्तु भेटिएपछि त्रस्त बनेको जनजीवन अहिले सामान्य बनेको प्रहरीले जनाएको छ ।