+
+

प्रदेश प्रमुखहरुको बर्खास्ती सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १९ गते १९:३१

१९ कात्तिक, काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले प्रदेश प्रमुखहरु बर्खास्त गर्ने सरकारको निर्णय सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न भएको निष्कर्ष निकालेको छ ।

कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेसको बैठकले संस्थापक प्रदेश प्रमुखहरुलाई समयावधिसम्म कार्य गर्न नदिएर हटाउनु अशोभनीय भएको ठहर गरेको छ । ‘बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने प्रयत्न गरेको छ’, कांग्रेसले भनेको छ ।

संघीयता कार्यान्वयनसम्बन्धी अनेक कार्यभार बाँकी छँदाछँदै यो विषयमा प्रवेश गर्नु अत्यन्त गलत भएको कांग्रेसले बताएको छ ।

‘यो निर्णय राजनीतिक दृष्टिले समेत पूर्वाग्रहपूर्ण छ’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपनिर्वाचनको समयमै प्रदेश प्रमुखहरुको बर्खास्ती हुनु निर्वाचनलाई प्रभावित पार्ने षडयन्त्रको रुपमा आएको र नैतिक दृष्टिले निर्वाचन आचार संहिता विपरीत हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?