+
+
Shares

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १५:१९

१२ जेठ, काठमाडौं । आज चलिरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलको अवरोधकाबीच बैठक अगाडि बढाएका सभामुख डोलप्रसाद अर्यालले होहल्ला चर्को सुनिँदै गएपछि बैठक स्थगित गरेका छन् ।

संसद्मा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले विरोध गरिरहेका छन् ।

त्यही विरोधकैबीचमा सभामुख अर्यालले कार्यसूची अघि बढाएका थिए । जसमा पर्यटनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे । साेही प्रस्तावमा रास्वपाका केही सा‌ंसद छलफलमा सहभागी पनि भएका थिए ।

त्यसपछि सभामुख अर्यालले संसद् बैठक १५ मिनेका लागि स्थगित भएकाे सूचना दिएका हुन्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?