+
+
Shares

प्रतिनिधिसभा बैठक : ऊर्जादेखि महिला उत्थानका विषयसम्म चर्चा

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले ऊर्जा निर्माणदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्व्यन हुनुपर्नेमा जोड दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठकमा सांसदले ऊर्जा निर्माण र सनसेट ऐन कार्यान्वयन गर्न आग्रह गरे।
  • सांसदहरूले राष्ट्रपति महिला उत्थान कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गर्न जोड दिए।
  • सांसदहरूले डिजिटल डोल्पा विकास, महँगी नियन्त्रण र सुकुम्बासीको सम्मानित जीवनयापनका लागि सरकारलाई सुझाव दिए।

५ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले ऊर्जा निर्माणदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्व्यन हुनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा सांसद श्रीराम न्यौपानेले ऊर्जाबिना कुनै पनि विकास निर्माण सम्भव नहुने बताउँदै तत्काल सनसेट ऐन ल्याइ कार्यान्व्यन गर्न आग्रह गरे ।

सांसद भूमिका सुब्बाले राष्ट्रपति महिला उत्थान कार्यक्रम नीति तथा कार्यक्रममा छुटाउनै नहुने बताइन् । धनबहादुर बुढाले डिजिटल डोल्पा र पूर्ण इन्टरनेट डोल्पा बनाउन सरकारसमक्ष माग गरे ।

सांसद सरस्वती लामाले जनता महँगीको मारमा परेको र उनीहरूको जीवन सहजीकरण गर्नतर्फ सरकारले सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने बताइन् ।

सांसद केपी खनालले सरकारले सुकुम्बासीलाई दुर्गन्धित खोला क्षेत्रबाट हटाएर सम्मानित र व्यवस्थित जीवनयापनका लागि प्रयास गरेको बताए ।

सांसद प्रकाशचन्द्र परियारले समृद्धि मात्रै नभएर समानतामूलक समृद्धि आवश्यक रहेको धारणा राखे ।

दलीय आधारमा विशेष समय लिएर सांसद आनन्द चन्द, देवराज पाठक, यज्ञबहादुर बोगटी, अम्विकादेवी सङ्ग्रौला, विष्णुबहादुर खड्का, सुलभ खरेलले समेत संसद्मा धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?