२२ कात्तिक, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा भारतले १७ खेलमा मात्रै सहभागिता जनाउने भएको छ । साग खेलकुदका मुख्य दुई खेल कराते र तेक्वान्दोमा सहभागिताबाट भारतले हात झिकेको छ ।
साग खेलकुदमा कराते खेल भारतसँग माल्दिभ्सले नखेल्ने भएको हो । यो खेलमा अब पाँच राष्ट्रको सहभागिता हुनेछ । त्यस्तै, तेक्वान्दोमा पनि भारत र माल्दिभ्सले नै सहभागिता नजनाउने भएका छन् ।
साग खेलकुदमा भारतले तेक्वान्दो, करातेसँगै क्रिकेट, आर्चरी, गल्फ, कबड्डी, प्याराग्लाइडिङ, टेबलटेनिस, टेनिस, र रेश्लिङमा भाग नलिने भएको हो ।
यता, प्याराग्लाइडिङ खेल नै नहुने भएको छ । नेपालबाहेक सबै राष्ट्रले सहभागिता नजनाउने भएपछि यो खेल स्वत रद्द भएको हो ।